कैलालीमा बेपत्ता असईको शव फेला, जवानको अवस्था अज्ञात

कैलाली : धनगढीको मोहना नदी किनारमा भेटिएको शव बेपत्ता प्रहरीको भएको पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरिक्षक गोविन्द बिकको भएको पुष्टि भएको जानकारी दिए ।

याे पनि पढ्नुस  अधिवक्ता तुलाधरद्वारा आमाबुवाको सम्झनामा खेलकुद सामग्री वितरण

धनगढी उपमहानगरपालिका- १२ को जुगेडास्थित अस्थायी प्रहरी विटको इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिकको घाँटीमा चोट रहेको उनले बताए ।

उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।

याे पनि पढ्नुस  खोलामा राखिएको स्काभेटरमा आगजनी

बिक शनिबार साँझ ८ बजे डिउटीमा खटिएका बेला बेपत्ता भएका थिए । उनको हत्या आशंका गरिएको छ ।

यस्तै, उनीसँगै डिउटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अज्ञात रहेको छ ।

उनको खोजी कार्य जारी रहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए ।

कमेन्ट गर्नुहोस्