पोखरामा थप एक कोरोना संक्रमितको निधन

पोखराका थप एक कोरोना संक्रमितको निधन भएको छ । चरक मेमोरिएल अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो ।

पोखरा– ९ की ती महिलामा उच्च रक्तचाप र निमोनियालगायतको समस्या रहेको अस्पतालले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्