२९ सय ४२ संक्रमित थपिए, संक्रमणबाट १२ जनाको निधन

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४ २ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ कोरोनामुक्त भएका छन्। हालसम्म ९२ हजार १ सय ६६ जना कोरोनामुक्त भएका छन्।

याे पनि पढ्नुस  पोखरा र सुर्खेतमा कोरोना संक्रमणबाट दुईजनाको निधन

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्