आज २९४२ जनामा कोरोना पुष्टि, २३२६ संक्रमित निको भए

काठमाडौं : गत २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । जसमध्ये ३९ हजार ३ सय ४१ जना सक्रिय संक्रमित हुन् । आज देशभर १४ हजार ८ सय ७५ जनाको पीसीआर गरिएको छ ।

पछिल्लाे २४ घण्टामा २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ ।

आइतबार १० जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको संख्या ७ सय ३९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्