उपत्यकामा थपिए आज १ हजार ६९८ संक्रमित

काठमाडौं : उपत्यकामा १ हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १ हजार ६९८ जना संक्रमित भएका स्वास्थ्य मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।

याे पनि पढ्नुस  थप ९ जनाले जिते कोरोना

२४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् । देशभर भने पछिल्लो २४ घण्टामा २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्