आईपीएल : ‘सुपर ओभर’मा कोलकाता विजयी

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ‘सुपर ओभर’मा विजयी भएको छ । सुपर ओभरमा हैदराबादले दिएको ३ रनको लक्ष्य ३ बलमै पूरा गर्न सफल भयो ।

यसअघि केकेआरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १ सय ८५ रनको लक्ष्य

खेल सुपर ओभरमा गएपछि ब्याटिङ गर्न आएका हैदराबादले २ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा लकि फर्गुसनले २ विकेट लिएपछि हैदराबादले २ रन मात्र बनाउन सक्यो ।

यसअघि हैदराबादका लागि जोनि बेयरिस्टोले ७६, कप्तान डेविड वार्नरले अविजित ४८, केन विलियम्सनले २९, अब्दुल समदले २३ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

बलिङमा केकेआरका लकी फर्गुसनले ३, प्याट कमिन्स, शिवम मावि र वरुण चक्रवर्तीले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए ।

याे पनि पढ्नुस  राजस्थानद्वारा हैदराबादलाई १५५ रनको लक्ष्य, पहिलो खेलमै चम्किए होल्डर

त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए । बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्