आईपीएल : मुम्बईले दियो पञ्जाबलाई १७७ रनको लक्ष्य

कठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा मुम्बई इण्डियन्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि क्विन्टन डीककले ३४, नाथनकुल्टन नाइलले अविजित २४ र किरण पोलार्डले नटआउट १२ बलमा १ चौका र ४ छक्कासहित नटआउट ३४ रन बनाए ।

याे पनि पढ्नुस  दिल्लीविरुद्ध पञ्जाब ५ विकेटले विजयी, उक्लियो पाँचौ स्थानमा

बलिङमा पञ्जाब टिमका मोहम्मद शामी, अर्शदीप सिंहले २/२, रवि विश्नोई र क्रिस जोर्डनले एक/एक विकेट लिए ।

जारी सिजनमा ८ म्याच खेल्दा मुम्बईले ६ खेलमा जित हासिल गरेको छ । पञ्जाबले ८ म्याच खेल्दा २ खेलमा मात्र जित हात पारेको छ ।

कमेन्ट गर्नुहोस्