गौतमबुद्ध रंगशाला निर्माणका लागि भरतपुर महानगरले दियो डेढ करोड

चितवन : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले एक करोड ५० लाख प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गरिन् ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित चार करोडमध्ये पहिलो चरणमा ५० लाख र दोस्रो चरणमा एक करोड ५० लाख प्रदान गरेको हो ।

याे पनि पढ्नुस  आईसीयूमा कोरोना संक्रमितको मृत्यु

महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिइन् ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरिन् । रङ्गशाला भरतपुर महानगरपालिका-१५ मा निर्माण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्