सामाखुसीमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौं : सामाखुसीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२६ सामाखुसी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका-४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्