आईपीएल : एकै दिन ३ सुपर ओभर, पञ्जाब र केकेआर विजयी

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज एकै दिन तीन ‘सुपर ओभर’ भएको छ । पहिलो सुपर ओभर केकेआर र सनराइजर्स हैदराबादबीच भयो । जहाँ केकेआरले जित हात पार्‍यो ।

त्यस्तै, आजै भएको किंग्स इलावेन पञ्जाब र मुम्बईबीचको खेल पनि ‘सुपर ओभर’मा धकेलियो । मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएपछि खेल ‘सुपर ओभर’मा धकेलिन पुगेकाे थियाे ।

आजको दिनको दोस्रो ‘सुपर ओभर’मा पञ्जाबले दिएको ६ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँच रन मात्रै बनायो । रन बराबरी भएपछि फेरि म्याच ‘सुपर ओभर’मा धकेलिन पुग्यो ।

याे पनि पढ्नुस  यी हुन् ‘सुपर ओभर’मा सर्बाधिक रन बनाउने टिम

तेस्रो ‘सुपर ओभर’मा मुम्बईले १२ रनको लक्ष्य दियो । सो लक्ष्य पञ्जाबले साे लक्ष्य ४ बलमै पूरा गर्दै अन्ततः जित हासिल गर्न सफल भयो ।

तेस्रो ‘सुपर ओभर’मा ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । उनको बलमा क्रिस गेलले ७ र मयंक अग्रवालले ८ रन बनाए ।

यसअघि मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएपछि खेल ‘सुपर ओभर’मा धकेलिन पुगेकाे थियाे ।

याे पनि पढ्नुस  टी–२० सिरिजः ‘सुपर ओभर’मा धकेलियो भारत र न्यूजिल्याण्डबीचको खेल

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबका लागि कप्तान केएल राहुललले ५१ बलमा ३ छक्का र ७ चौकासहित ७७ रन बनाए ।

जारी सिजनमा राहुलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै, क्रिस गेल, निकोलश पूरनले २४/२४, मयंक अग्रवालले ११, दीपक हुड्डाले अविजित २३ र क्रिस जोर्डनले नटआउट १३ रन बनाए ।

बलिङमा जसप्रीत बुमराहले ३ र राहुल चाहरले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

याे पनि पढ्नुस  पीपीएलः ‘सुपर ओभर’मा सोमपालको टिम विजयी

उसका लागि क्विन्टन डीककले ५३, नाथनकुल्टर नाइलले अविजित २४ र किरण पोलार्डले नटआउट १२ बलमा १ चौका र ४ छक्कासहित नटआउट ३४ रन बनाए ।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामी, अर्शदीप सिंहले २/२, रवि विश्नोई र क्रिस जोर्डनले एक/एक विकेट लिए ।

जारी सिजनमा पञ्जाबको यो तेस्रो जित हो । उसले नौ खेलमा ६ खेलमा हार र तीन खेलमा जित हासिल गरेको छ । मुम्बईले ९ म्याचमा तीन खेलमा मात्र हार ब्यहोरेको छ ।

कमेन्ट गर्नुहोस्