संसारभरि कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो, ११ लाख बढीको मृत्यु

काठमाडौं । गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना महामारीबाट संक्रमित हुनेको संख्या ४ करोड नाघेको छ ।

सोमबार बिहान ७ बजेसम्मको तथ्यांक हेर्दा संसारका सबै जसो देशका संक्रमित संख्या ४ करोड २ लाख ६४ हजार २१८ पुगेको हो ।

संक्रमणबाट हालसम्म ११ लाख १८ हजार १६७ जनाको निधन भएको छ । ३ करोड एक लाख ८ हजार ३१ जना भने निको हुन सफ लबनेका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार, अमेरिकामा पछिल्लो २४ घण्टामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । संसारमा सबैभन्दा धेरै संक्रमण समेत अमेरिकामा नै देखिएको छ । जुलाईपछि एकैदिन यति धेरै संक्रमण भएको यो पहिलो घटना हो । अमेरिकाका सबै जसो राज्यहरु संक्रमणबाट अत्यधिक प्रभावित बनेका छन् । हालसमम्म अमेरिकामा ८३ लाख ८७ हजार ७ सय ९८ जना संक्रमित बनेका छन् भने २ लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ । अमेरिकामा अबको दुई हप्तापछि राष्ट्रपति निर्वाचन हुन गइरहेको छ । कोरोना नियन्त्रण गर्न असफल भएको भन्दै राष्ट्रपति ट्रम्पको चर्को आलोचना हुँदै आएको छ ।

याे पनि पढ्नुस  भौतिक पूर्वाधार तथा यातायत मन्त्री नेम्बाङलाई कोरोना संक्रमण

अमेरिकापछि भारतमा सबैभन्दा उच्च संक्रमण रहेको छ । भारतमा पछिल्लो दिनमा भने संक्रमितको संख्यामा कमी देखिएको छ । यद्यपी परीक्षण घटाएको कारण संक्रमितको संख्या कम देखाइएको भनेर समेत भारतको आलोचना गरिएको छ । भारतमा हालसम्म ७५ लाख ४८ हजार २३८ जना संक्रमित पुष्टि भएका छन् । भारतमा प्रतिदिन ९० हजारका दरले संक्रमण चुलिन थालेको थियो । तर अक्टुबर महिनामा भने यो संख्या घटेर ६० को हाराहारीमा पुगेको छ । यही गतिमा संक्रमण चुलिंदै गएमा केही समपछि भारत सबैभन्दा धेरै संक्रमित हुने देशहरुको शीर्षमा पुग्ने देखिन्छ ।

याे पनि पढ्नुस  बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

अमेरिका,भारत लगायतका देशमा कोरोना संक्रमण चुलिएपनि यूरोपका कतिपय देशहरुले भने यसलाई नियन्त्रण गर्न सफल भएका छन् । यसैगरी एशियाका दक्षिण कोरियालगायतका देशहरुले पनि प्रभावकारी नियन्त्रणका उपाय अबलम्बन गर्दै फैलिन दिएनन् ।

पाकिस्तानमा लकडाउन नै घोषणा नगरी पनि संक्रमणलाई त्यति चुलिएन दिइएन ।
केही महिना अघि भारत र पाकिस्तानमा समान जस्तो देखिएको तथ्यांक अहिले भने निकै फरक देखिन्छ । पाकिस्तानमा ३ लाख २३ हजार १९ जना संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्