सरकारले आजदेखि खसीबोका बिक्री गर्दै, प्रतिकिलो ५ सय ५०

काठमाडौं । सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत दरको खसी–बोकालाई प्रति किलोग्राम ५५० रुपैयाँ मूल्य राखेको छ । यो बजार मूल्यभन्दा किलोमा एक सय रुपैयाँ सस्तो रहेको हो । बजारमा जिउँदो खसीको मूल्य ६सय ५० देखि ७ सयसम्म रहेको छ ।

याे पनि पढ्नुस  सरकारी कम्पनीले नै दशैंका लागि आइतबारदेखि खसी बोका बिक्री गर्ने

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री थालिने कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोकाको प्रति किलोग्राम ५६० रुपैयाँ तोकेको र त्यसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा बेच्न लागिएको हो ।

याे पनि पढ्नुस  खसी किन्दै हुनुहुन्छ ? महानगरले गर्याे यस्ताेे आग्रह

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको र मंगलबारसम्ममा एक हजार खसी–बोका आइपुग्ने सुवेदीको भनाइ छ ।

यसअघि तिब्बतबाट च्याङ्ग्रा ल्याउने गरिएकामा यस वर्ष नल्याइएको र स्थानीय व्यापारीहरुसँग किन्दा महँगो हुने भएकाले च्याङ्ग्रा भने नबेच्ने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्