नेताले किन बुझ्दैनन् कार्यकर्ताको दुःख ?

संस्कृतमा एउटा श्लोक छ—

नानाशास्त्र पठेन लोके नाना दैवतःपुजनम् ।

आत्मज्ञान विनापार्थ सर्व कर्म निरर्थकम् ।।

यसको अर्थ हुन्छः मानिसहरु धर्म कमाउन भनि विभिन्नप्रकारका शास्त्रहरु वाचन गर्दछन्, अनेकौं प्रकारका देवी देवताहरुको पूजाअर्चना गर्दछन् तर जेसुकै र जतिसुकै धार्मिक कर्म गरेता पनि आत्मको ज्ञानविना ती सारा कर्महरु निरर्थक हुन्छन् ।

सरकारको संचालन प्रकियामा पनि यहि श्लोक चरितार्थ हुन्छ । सरकारले जतिसुकै राम्रो गरोस्, जतिसुकै प्रचार प्रसार गरोस् सरकारका सयौं राम्रा कामहरुलाई एउटै शव्द सुशासनले ग्रहण लगाई दिएको छ । मतलव ,सुशासनको अभावमा सारा कामहरु ओझेलमा परेका छन् । नेतृत्वमा हुनुपर्ने सादगीपन देखिएको छैन । आडम्बर र दम्भमिश्रित अभिव्यक्ति शासनसत्तामा त्यो पनि गणतन्त्रमा पटक्कै सुहाउँदैन । र गलत तत्वको अर्थात दलाल र माफियाको घेराबन्दिमा सरकार फँसेको देखिन्छ । यिनै कारणहरुले गर्दा सरकारको लोकप्रियता घटिरहेको देखिन्छ । अतःश्लोकमा भनिए जसरी सरकारले जनसेवाको आत्मज्ञान पाउन सकेको देखिँदैन । यो ज्ञान प्राप्त हुनेवित्तिकै हाम्रा शासकहरु मर्यादापुरुष भगवान राम, विदेही ज्ञानी राजा जनक, राजा पृथुजस्ता पौराणिक तथा ऐतिहासिक राजाहरुमात्र होइन मल्ल तथा लिछ्वीवंशीय नेपाली राजाजस्ता पक्कै हुनेछन् ।

जनतावादको सिद्धान्त सिक्न माक्र्सकै चेला हुनु पर्दछ भन्ने छैन । मलेशियाका माहाथिर मोहम्मद माक्र्सवादि थिएनन् । सिंगापुरका लि क्वान पनि माक्र्सवादि थिएनन् ।

नोम चोम्स्की बताउँछन्— हरेक राजनैतिक नेताले चुनावी प्रकृयाव्दारा जनताको शक्ति आर्जन गर्दछन् र अन्तमा सत्तामा पुगिसकेपछि तिनै जनतामाथिअविवेकी तरिकाले शासन गर्न अग्रसर हुने गर्दछन् । यो भनेको बेइमानी हो । जनतामाथि बेइमानी र आफ्नो जीवनको गति (मृत्युपर्यन्त) प्रति बेइमानीकोे श्रृंखला कहिल्यै टुट्ने छैन जबसम्म शासन गद्धिमा आरोहित हुने व्यक्ति आत्मज्ञानी हुनपुग्दैन । सकेसम्म कसैप्रति बेइमान नगर्नु, नसके पनि कम्तिमा आफुलाई सत्तामा पुराउने जनतालाई त छलछाम नगर्नु । तर यो रोकिएको छैन र रोकिने छाँटकाँट पनि देखिँदैन । म गम्छु कतै यो माक्र्सवादको गलत बुझाइकाकारण त नेताहरुमा चारित्रिक विचलन आएको होइन ? तर माक्र्स स्वयं चरित्रवान थिए । उनले जीवनभर गरिव तथा निमुखा जनताकानिम्ति कष्टकर जीवन विताए । उनले प्रतिपादन गरेको व्दन्व्दात्मक भौतिकवादको जुन सिद्धान्त छ त्यो तिनै जनताको स्वर्गकानिम्ति प्रतिपादन गरिएको सिद्धान्त थियो । त्यहि सिद्धान्तको जगमा टेकेर आज चीन कसरी शक्ति र समृद्धि हासिल गरेको छ, हामी देखेकै छौं ।जनतावादको सिद्धान्त सिक्न माक्र्सकै चेला हुनु पर्दछ भन्ने छैन । मलेशियाका माहाथिर मोहम्मद माक्र्सवादि थिएनन् । सिंगापुरका लि क्वान पनि माक्र्सवादि थिएनन् । अणुवमबाट ध्वस्त भएको जापानलाई पुनः हराभरा बनाउने कुनै माक्र्सवादि थिएनन् । तर पनि माक्र्सवाद समाज विकासको क्रममा सामाजिक जंजीरलाई तोडेर जनताको स्वर्ग स्थापित गराउने सन्दर्भमा बल प्रयोग एक अनिवार्य औजार हो भनी वर्गसंघर्षको अपरिहार्यतालाई सतहमा ल्याउनुभयो ।

यहाँ समस्या सिद्धान्त र व्यवहारबीचको तालमेल नहुनु हो । वलप्रयोगको सन्दर्भमा पौराणिक कथाहरु बोलेका छन् । ऋषिमुनि र महात्माहरुले बल प्रयोगको सिद्धान्तलाई अपनाएको कुरा महाभारतको भीषण युद्ध, राम र रावणबीचको युद्ध, देवासुर संग्रामजस्ता अनगिन्ती प्रसंगहरुको बारेमा उल्लेख गरिएको छ । तर युद्धोत्तरको वातावरण जनप्रिय भयो भएन भन्ने कुरा अहम् हो । पौराणिक कथाहरुमा युद्धपश्चात जनसत्ता स्थापित गरिएको भन्ने आउँछ । नेपालको कुरा गर्दा सत्तामा माक्र्सवादीहरुमात्र नभएर गैर माक्र्सवादिहरु समेत सत्तामा आरोहित भए । दुर्दशा उहि रह्यो जहिले पनि जनता हारे । नवधनाढ्य वर्ग जन्मियो ,सत्तादलालको हातमा सुम्पियो सिद्धियो । आजपनि गैर कम्युनिष्टहरु सत्ताको प्रतियोगी रहेका छन् नेपालमा । तर भैदिन्छ त्यहि जुन नहुनु थियो । विधिको शासन र सुशासनजस्ता कुराहरु कागजको टुक्रा सावित बनाइयो । सत्तालाई जनताको नियतिमा आमूल परिवर्तन ल्याउने माध्यम हो भन्ने बुझाइको विकास हुन सकेन । फगत सत्ता सत्ता र सत्तामात्र भयो हातलाग्यो शून्य ।

के गर्ने त अब ? के राजनीतिभन्दा अर्को कुनै विकल्प छ ? छैन । त्यसो हो भने के छ उपाय ?

विचरा कार्यकर्ता । आफ्नो नेताले एउटा कुरा प्वाक्क बोल्दिन्छ, यता गाउँगाउँमा बस्ने कार्यकर्तालाई जनतासंग सामना गर्न हम्मे हम्मे । एउटा नेताले भ्रष्टाचार गर्दछ, कार्यकर्तालाई आपत । नेताले वेश्यागमन गर्दछ कार्यकर्तालाई अप्ठेरो । स्थानियस्तरमा जनतासंग घुलमिल भएर बस्नुपर्ने जनतालाई नेताको कुनै स्क्याण्डल आउनेवित्तिकै भागाभाग वा मुख कालो हुनुपर्ने । विचरा कुनै कार्यकर्ताहरु फेसबुकमा जसोतसो आफ्नो ख्वामितको बचाउ गर्ने खल्लो प्रयास गरेका हुन्छन् । जसको मुख कालो हुनुपर्ने त्यसो नहुने, जसको नहुनुपर्ने त्यसको भइदिन्छ । यो कुरा नेताले बुझ्दैनन् । सत्तासिनभएपछि विवेकमा विर्को लागिहाल्ने रहेछ । खाइनखाई हुन न खानको लठारो बेसाएर नेतालाई जितायो, चुनाव पछि जाहा“को तहिँ । कार्यकर्ता खुशि हुने भनेको चुनावताका हो किनभने तिनताका कार्यकर्ताको आवाज सुनिन्छ । उनीहरुलाई मस्त खुवाइन्छ । अनि घोषणापत्र पनि हेर्नलायक हुन्छ । विकासको मुल फुटिहाल्छ कि जस्तोगरी सम्झेजति कुरा घोषणापत्रमा हालिन्छ, पछि देखा जाएगा † विकास भनेको त्यस्तै हो । जनमतको न्यूनतम रुपमा कदर नगर्ने पार्टी र व्यवस्था के काम ? जनताकोनिम्ति राजा आएनी सैनिक शासन लाएनी के फरक ? जब सर्वसाधारण जनताको छोरो जसको पैसा र पहुच छैन ऊ चुनावी प्रकियाबाट सत्तामा पुग्नै सक्दैन । जब सभ्रान्तवर्गकै हालिमुहाली रहन्छ तव सत्ता दीर्घजीवी रह“दैन । पुनः सत्ताको विकल्प खोजिन्छ, आमजनतालाई संघर्षकानिम्ति उत्प्रेरित गरिन्छ । पछि कामकुरो जहाँको त्यहीं । जनता ठगिने र कार्यकर्ता जिल्ल पर्ने । यदि नेताहरुले कार्यकर्तालाई मायाँ गर्छन् भने जनताको साँचो प्रतिनिधित्व जनताले गर्ने भएकोहुँदा कुरा त्यति बिग्रदैन । जब नेता स्वाँठ हुन्छन्, दम्भि हुन्छन् ,अविवेकी बन्छन् देशले सधैं दुर्दिन बेहोर्नुपर्दछ । कार्यकर्ताकार्ताको बिल्लिबाँठ ।

अब हामीले केहि कुरामा परिवर्तन नगरी सुखै छैन । जस्तो राजनेतामा एउटा न्यूनतम योग्यताको किटानी हुनुपर्दछ । त्यो कसीमा उमेर नै पर्नुपर्दछ भन्ने छैन, भएमा राम्रो । सम्पत्तिमाथिको अंकुश अनिवार्य लगाइनु पर्दछ ।

के गर्ने त अब ? के राजनीतिभन्दा अर्को कुनै विकल्प छ ? छैन । त्यसो हो भने के छ उपाय ? यसको जवाफ म एउटा दृष्टान्तबाट दिन चाहान्छु— एउटा यस्तो राज्य रहेछ जहाँ प्रत्येक छ वर्षपछि राजालाई एउटा घनघोर जंगलमा लगेर छोडिंदो रहेछ । त्यो जंगल निकै घना भएको र जंगली जनावरहरु प्रशस्त हुने भएकाकारण एक्लो त्यो राजा जनावरको शिकार हुँदोरहेछ । एउटा यस्तो समय आएछ कि त्यहाँ राजा बन्ने उम्मेदवार नै पाउन सकिएन छ । अब कसलाई राजा बनाउने भन्नेबारे चर्चा भैरहेको बेला एकजना साधु त्यहि बाटो आउँदै रहेछन् । उनलाई बाटोमा रोकेर राजा बन्ने प्रस्ताव गरिए छ । उनले आफु गृहत्यागी साधु भएकोकारण राजपाठ आफुबाट सम्भव नभएको कुरा बिन्ती गरेछन् । तर कुनै इच्छुक उम्मेदवार नै नपाइराखेको अवस्थामा तिनै साधुलाई राजा बन्न दवाव दिइएछ । राजा नबनेको खण्डमा मृत्युदण्ड दिने भनिएछ । त्यसपछि मर्नुभन्दा बहुलाउन निको भनेजस्तै उनले राजा बन्नुपर्ने आग्रहलाई स्वीकार गरेछन् । उनलाई भव्यरुपमा राजसिंहासनमा बसालियो । उनि क्रमशः राजपाठ सिक्दै राज्य संचालनका तौर तरिकाहरु बुझ्दै गएछन् । उनले प्रत्येक छ वर्षपछि राजा परिवर्तन हुने प्रथा र त्यसपछिको नियतिको बारेमा पनि जानकारी पाएछन् । ए, यसकारणले पो राजाबन्न मानिस अनिच्छुक हुँदा रहेछन् भन्ने उनलाई थाहा भयो ।

यसरी नै कुराहरु उठाउन लगाइन्छ र जनताका बोलिमाथि बिर्को लगाइन्छ । कुरा त्यो होइन, यता साबिक लुम्बिनी अंचलतिरका सभासदहरुले आफ्ना मतदातालाई के भनेर मत मागेका थिए । त्यो मतको बर्खिलाप हुनेगरी जबरन त्यस्तो निर्णय कुनै न कुनै कुत्सित स्वार्थबाट गरिएको छ ।

एकदिन राजाले आफ्ना सिपाही र मन्त्रिहरु लिएर त्यो निवृत्त राजालाई पठाउने जंगलको अवलोकन गर्न गएछन् । त्यो जंगल वास्तवमा घना र डरलाग्दो रहेछ । जब उनी जंगल भ्रमणबाट फर्के उनले के निर्णय गरेछन् भने त्यो जंगल सखाप पारिनु पर्दछ । भोलिदेखि जंगल फँडानी शुरु भयो त्यहाँका जीवजन्तुको भागाभागभो । तिनीहरु बसाइ सरे । त्यो ठाउँमा एउटा सुन्दर बागवानी निर्माण भयो । वीचमा दरवार । सम्पूर्ण सुविधाहरुले सम्पन्न भव्य दरवार बनेछ । बाग बगैचा हरियाली कायमै भएकोकारण चरा चुरुंगी, भँवरा र किट पतंगहरु भरिभराउ भए । वातावरण पुनः मनमोहक बन्यो । जब राजाको छ वर्ष वित्यो राजालाई त्यहि ठाउँमा ल्याएर राखियो । तर राजा खुशिकासाथ बाँकी जीवन बिताएर बस्दा भए । अब त्यो देशमा राजाको खडेरी पनि परेन । राजा प्रत्येक छ वर्षमा फेरिने हुनाले तानाशाहि बन्ने सम्भावना पनि रहेन । यसप्रकार एउटा वुद्धिमान विवेकी मानिस सत्तामा पुग्दा परिस्थिति कस्तो हुँदोरहेछ भन्ने योभन्दा बलियो उदाहरण अरु के हुनसक्ला?

याे पनि पढ्नुस  नेकपा विवादः यी विषयमा हुँदैछ सहमति

अब हामीले केहि कुरामा परिवर्तन नगरी सुखै छैन । जस्तो राजनेतामा एउटा न्यूनतम योग्यताको किटानी हुनुपर्दछ । त्यो कसीमा उमेर नै पर्नुपर्दछ भन्ने छैन, भएमा राम्रो । सम्पत्तिमाथिको अंकुश अनिवार्य लगाइनु पर्दछ । सत्तामा भत्ता नभएर मान सम्मानमात्र हुनुपर्दछ । चुनावी प्रणाली सस्तो र पारदर्शी गर्ने । भौतिक रुपमा प्रचार गर्ने परिपाटी हटाएर अनलाइनप्रचार प्रसार गर्ने चलन चलाउने । वैदेशिक रोजगारीमा गएका दाजुभाइलाई पनि भोटिंग राइटको व्यवस्था मिलाउने । अदालत र संवैधानिक अंगहरुलाई निश्पक्ष र जवाफदेही बनाउने । सरकारले सुशासनमा विशेष ध्यान दिने । जनताप्रति जवाफदेही बनाउने । जनताको मानवअधिकार जीवनका हरेक क्षेत्रमा सुनिश्चित गर्ने, भ्रष्टाचारलाई निर्मूल पार्ने कार्ययोजना अगाडी बढाउने । जनताका न्यूनतम आधारभूत आवश्यकताहरु पुरा गर्न नसक्ने सरकार, चुनावी प्रतिवद्धताहरुबाट पछि हट्ने सरकारलाई पदच्यूत गर्ने । विदेश नीतिमा एउटा ठोस प्रारुप निर्माण गरी अगाडी बढ्ने । सिमा सुरक्षालाई कडाईकासाथ कारवाही गरिने । आदि जस्ता जनपक्षीय राष्ट्रवादी नीतिहरु निर्माण गरी कार्यान्वयन गर्ने काम जनताको सरकारले गर्नु अपरिहार्य रहन्छ । यी र यस्तै कामहरु गरेर जनतालाई न्यूनतम बजेटमा धेरै कामहरु गर्न सकिन्छ । यति गर्न सके मात्र सरकार जनताको हुनेछ । सरकार आत्मज्ञानी हुनेछ । हैनभने सरकार विदेशीको दलाल वा दलालहरुकोमात्र सरकार हुनेछ जनता हेरेको हेर्यै हुनेछन् ।

राजनीति छोडेपछि अरु केहि गर्ने खुवि नहुने नेताहरुले राजनीतिलाई आजिवन कमाइखाने भाँडो बनाएकाकारण राजनीति धेरै बदनाम पनि भइराखेको छ । राजनीतिको साखमाथि राख्न नेताहरुमा दैविगुणहरु हुनुपर्दछ । व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर जनताभाव नेतामाहुनु पर्दछ ।

लुम्बिनीप्रदेशको राजधानीको प्रश्नमा जेजस्तो रबैया देखियो त्यो जनता वा कार्यकर्ताप्रति सरकारको बुझाइको बिम्ब हो । यो चानचुने कुरो होइन । यसले जनता वा कार्यकर्तालाई फगत नेतालाई सत्तामाआरोहण गराउने माध्यमको रुपमा जनताले बुझेको प्रष्ट संकेत गर्दछ । के गर्नुपर्दथ्यो त आखिर एउटा मुकाम तोकिनुपर्ने नै थियो भन्ने कुरा पनि आउँछ वा विधि र प्रकिया पुराएर गरिएको निर्णय हो अब बोल्नु किन पर्यो भन्ने कुरा पनि उठेका छन् । यसरी नै कुराहरु उठाउन लगाइन्छ र जनताका बोलिमाथि बिर्को लगाइन्छ । कुरा त्यो होइन, यता साबिक लुम्बिनी अंचलतिरका सभासदहरुले आफ्ना मतदातालाई के भनेर मत मागेका थिए । त्यो मतको बर्खिलाप हुनेगरी जबरन त्यस्तो निर्णय कुनै न कुनै कुत्सित स्वार्थबाट गरिएको छ । आर्थिक र राजनीतिक दुवै स्वार्थको संगमबाट त्यो निर्णय भएको छ । समस्या निर्णय प्रकियामा हो । विभिन्न अध्ययन समितिहरुले दिएका प्रतिवेदन सभामा छलफल नगराइनु र ≈िवपबाट निर्णय गरिनु सहि थियो ? बिना ≈िवप जे निर्णय हुन्थ्यो त्यो सबैलाई मान्य हुने थियो । मतदाता र कार्यकर्ताले पनि चित्त बुझाउँथे । त्यसो नगरिंदाको परिणाम दलहरुको सोंच र संस्कार हुँदै संघीयता माथि नै औंला उठिराखेको छ । आमजनतामा व्यापक निराशा छाएको छ । यसबाट कतिकार्यकर्ता र नेताहरुको राजनीतिक भविष्य धरापमा पर्ने समयले देखाउने छ ।

याे पनि पढ्नुस  ओलीले नमानेपछि प्रचण्डले बाेलाए सचिवालयकाे अनाैपचारिक बैठक

राजनीति छोडेपछि अरु केहि गर्ने खुवि नहुने नेताहरुले राजनीतिलाई आजिवन कमाइखाने भाँडो बनाएकाकारण राजनीति धेरै बदनाम पनि भइराखेको छ । राजनीतिको साखमाथि राख्न नेताहरुमा दैविगुणहरु हुनुपर्दछ । व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर जनताभाव नेतामाहुनु पर्दछ । कार्यकर्ताको मर्कालाई बुझेर जनतामाझ स्थापितहुने प्रयाश गरिनु पर्दछ । भु.पुवानिवर्तमान र क्रियाशील सरकार प्रमुखहरुको सुविधामा ब्यापक कटौती गरिनु पर्दछ । राजनीतिलाई विशुद्ध रुपले भोलुन्टिएर सेवाको रुपमा लिइनु पर्दछ । चीनियाँ राष्ट्रपति सिजिपिंको आशय पनि यहि हो भन्ने मैले बुझेको छु ।

याे पनि पढ्नुस  बामदेव गौतमलाई मन्त्री बन्न बाटो खुला

न्यूज बुटवलटुडेबाट साभार गरिएको

कमेन्ट गर्नुहोस्