रुपन्देहीमा थप १ जना कोरोना संक्रमित महिलाको मृत्युु

रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्युु भएको छ ।

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको हो ।

अस्पतालका अनुसार मधुमेहकाे बिरामी समेत रहेकी ती ४१ वर्षीया महिलालाइ सोमबार कोरोना संक्रमण पुष्टि भएकाे थियाे । सोमबार नै आईसीयूमा राखेर उपचार भइरहेकामा आज विहान ५ बजेर १० मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

कमेन्ट गर्नुहोस्