लुम्बिनी प्रदेशमा पनि कोरोना संक्रमितको निःशुल्क उपचार सरकारले नै गर्ने

बुटवल : लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था कायमै रहेको जनाएको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत उपचार निशुल्क नै हुने बताएका हुन ।

यसअघि प्रदेश नं. १ ले कोरोना संक्रमितको उपचार निःशुल्क नै गर्ने बताएको थियो ।

याे पनि पढ्नुस  लुम्बिनी प्रदेशकी उपसभामुख थारूलाई कोरोना पुष्टि

फेसबुमा पोष्ट गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका विरामीका लागि निशुल्क उपचारको व्यवस्था यथावत रहेको जनाएका हुन् ।

केन्द्र सरकारले गरिब, असहाय तथा विशेष वर्गका कोरोना संक्रमितलाई मात्रै सिफारिस या परिचय पत्रका आधारमा उपचार गर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ ।

याे पनि पढ्नुस  मुख्यमन्त्री पोखरेल भन्छन्, ‘राजधानीका विषयमा कसैले दम्भ देखाउन आवश्यक छैन्’

प्रदेश सरकारहरूमध्ये प्रदेश १ र लुम्बिनी प्रदेशले भने कोरोना संक्रमितको उपचार नि:शुल्क रहेको घोषणा गरेका हुन ।

कमेन्ट गर्नुहोस्