पाकिस्तानमा टिकटकमाथिकाे प्रतिवन्ध खुकुलो

एजेन्सी । छोटो भिडियो शेयर गर्ने एप टिकटकको प्रयोगमा प्रतिवन्ध लगाइएको पाकिस्तानले अहिले फेरी खुकुलो बनाएको छ ।

पूर्ण रुपमा प्रतिवन्ध लगाइको दश दिनपछि केही प्रतिवन्धात्मक व्यवस्था कायम राख्दै टिकटक प्रयोग गर्न पाइने व्यवस्था गरिएको हो ।

पाकिस्तानका सरकारी अधिकारीहरुले सोमवारदेखि पुरानो निर्णयलाई संशोधन गरिएको जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  पाकिस्तान: हिन्दू प्रधानाध्यापक 'ईशनिन्दा'को आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जाल मा यस्तो प्रतिक्रिया

पाकिस्तानी दूरसञ्चार प्राधिकरणले सांस्कृतिक र परम्परागत संस्कारलाई नकारात्मक असर पारेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

मुस्लीम बहुल मुलुकमा प्रचलनमा रहेका सामाजिक मुल्य मान्यताको उल्लङ्घन भएको र मुस्लीम संस्कृतिमा नसुहाउने गतिविधिहरु टिकटकमार्फत् भएको भन्दै प्राधिकरणमा उजुरी पनि परेको प्राधिकरणले जनाएको थियो ।

याे पनि पढ्नुस  पाकिस्तानकी पूर्वविदेशमन्त्री रब्बानीको अश्लिल भिडियो सार्वजनिक

प्राधिकरणमा परेको उजुरी, विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव तथा दवावका कारण पाकिस्तान सरकारले यही अक्टोबर ९ तारिखदेखि पाकिस्तानमा टिकटक प्रतिवन्ध लगाएको थियो ।

तर अहिले भने सांस्कृतिक रुपमा असर नपार्ने र उछृङ्खल नहुने किसिमका भिडियोहरु भने शेयर गर्न पाउने गरी केही खुकुलो बनाइएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

याे पनि पढ्नुस  एयरपोर्टमा नौ किलो हेरोइनसहित चर्चित मोडल पक्राउ

टिकटक प्रतिवन्ध लगाउने सरकारको निर्णयका बारेमा संसदमा कुरा उठेर छलफल हुँदा केही प्रतिवन्धात्मक व्यवस्था सहित खुकुलो बनाउनु उपयुक्त हुने सुझाव आएपछि खुकुलो बनाउने निर्णय भएको समाचारमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्