धनगढी । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा रहेका दुई जना प्रहरीको हत्या गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।
कैलालाी जिल्लाको जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टका असई गोविन्द बिक र जवान रामबहादुर साउदको हत्या अभियोगमा प्रहरीले सात जनालाई पक्रा गरेको हो ।
भारतबाट सामान तस्करी गर्दा अवरोध गरेकोले हत्या गरेको निजहरुले बयान गरेको प्रहरीले जनाएको छ ।
आज मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
हत्यामा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका( १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।
उनीहरूले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ ।