बाबुराम भट्टराई बने जसपा संघीय परिषदको अध्यक्ष, अरु के के निर्णय भए त ?

काठमाडौं । पूर्व माओवादी नेता तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनेका छन् ।

सोमबार देखि राजधानीमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ शक्ति नेपाललाई एकीकरण गरेपछि बाबुराम भट्टराईले नयाँ पार्टीमा उपयुक्त स्थान नपाएको चर्चा चलेको थियो । एकतापछि महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका थिए भनेयस्तै, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका थिए ।

याे पनि पढ्नुस  अनेरास्ववियूका संयोजक महरले बाबुरामलाई श्रद्धाञ्जली दिएपछि...

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो।

आज सम्पन्न बैठकले ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ ।

पार्टीले समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै भविष्यमा संगठनात्मक कामलाई अघि बढाउन तथा पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल बनाएको छ ।

याे पनि पढ्नुस  सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ता फिर्ता पर्छ– बाबुराम भट्टराई

पार्टी प्रवक्ता गंगा नारायण श्रेष्ठले दिएको जानकारी अनुसार, जसपाले पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय गरेको छ । यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरीलाई रिहा गर्न माग गर्ने प्रस्ताव समेत बैठकले पारित गरेको छ । चौधरी र रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरु विभिन्न झुठा मुद्दामा थुनामा रहेका कार्यकर्ताहरुको रिहाईका लागि देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

याे पनि पढ्नुस  राजेन्द्र महतो बने काठमाडौंकाे सम्धी, बाबुरामले भने, ‘पहाड र मधेस संस्कृतिको रोचक फ्यूजन’

कमेन्ट गर्नुहोस्