राष्ट्रपतिले भोलि रानीपोखरीको उद्घाटन गर्ने

काठमाडाैं : पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन ५ कात्तिकका दिन दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम छ । २ माघ २०७२ सालमा राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् ।

याे पनि पढ्नुस  यस वर्षको तिहारमा खुल्छ रानीपोखरी

मन्त्री श्रेष्ठले रानीपोखरीलाई जस्ताको तस्तै पुनर्निर्माण गरी उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुनर्निर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुने बताए ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थ कुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

याे पनि पढ्नुस  रानीपोखरीमा राखियो गजुर

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

याे पनि पढ्नुस  रानीपोखरीमा भाइटीका, यस्तो छ व्यवस्था

कमेन्ट गर्नुहोस्