पञ्जाबविरुद्ध ब्याटिङ गर्दै दिल्ली, आज पनि सन्दीपले पाएनन् मौका

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि सुरु हुनेछ ।

आज दिल्लीले प्लेइङ ११ मा ३ जना परिवर्तन गरेको छ । उसले आज आजिक्य रहाणे, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई विश्राम दिँदै शिमरोन हेटमायर, डानियल साम्स र ऋषभ पन्तलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध बलिङ गर्दै दिल्ली, लगातार १२ औँ म्याचमा पनि सन्दीपले पाएनन् मौका

विदेशी कोटामा २ परिवर्तन हुँदा पनि सन्दीप लामिछानेले भने आज पनि मौका पाएनन् । जारी सिजनमा सन्दीपले मौका नपाएको यो लगातार १० औँ म्याच हो ।

पञ्जाबले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले आज क्रिस जोर्डनको स्थानमा अलराउन्डर जिमी नीशमलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल फाइनल : मुम्बईविरुद्ध ब्याटिङ गर्दै दिल्ली, यस्तो छ प्लेइङ-११

जारी सिजनमा दिल्लीले ९ खेलमध्ये २ म्याचमा मात्र हारको सामना गरेको छ । दिल्ली १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पञ्जाबले ९ म्याचमध्ये तीन खेलमा विजयी भएको छ । पञ्जाबविरुद्धको पछिल्लो पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादले दियो पञ्जाबलाई २०२ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्