शिखरको शतकमा दिल्लीले दियो पञ्जाबलाई बलियो लक्ष्य

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४रन बनायो ।

एसका लागि शिधखर धवनले शतक बनाए । उनले आज ६१ बलमा १२ चौका र ३ छक्कासहित अविजित १०६ रन बनाएका हुन् । जारी सिजनमा उनको यो लगातार दोस्रो शतक हो ।

याे पनि पढ्नुस  राजस्थानविरुद्ध ब्याटिङ गर्दै मुम्बई, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

त्यस्तै, श्रेयस अय्यर, ऋषभ पन्तले १४/१४, शिमरोन हेटमायरले १० रन बनाए । बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले २, जिमी नीशम, मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्