दिल्लीविरुद्ध पञ्जाब ५ विकेटले विजयी, उक्लियो पाँचौ स्थानमा

काठमाडाैं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सविरुद्ध किंग्स इलावेन पञ्जाब ५ विकेटले विजयी भएको छ ।

दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

उसका लागि निकोलश पूरनले २८ बलमा ६ चौका र ३ छक्कासहित ५३ रन बनाए । जारी सिजनमा पूरनको यो दोस्रो अर्धशतक हो ।

त्यस्तै, क्रिस गेलले २८, केएल राहुलले १५, ग्लेन म्याक्सवेले ३२, दीपक हुडाले अविजित १४ र जिमी शीशमले नटआउट १० रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : दिल्ली र केकेआर खेल्दै, सन्दीपले मौका पाउने सम्भावना कति?

बलिङमा दिल्ली टिमका कागिसो रबाडाले २, रविचन्द्रन आश्विन, अक्क्षर पटेलले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

उसका लागि शिखर धवनले शतक बनाए । उनले आज ६१ बलमा १२ चौका र ३ छक्कासहित अविजित १०६ रन बनाए । जारी सिजनमा उनको यो लगातार दोस्रो शतक हो ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध पञ्जाबको शानदार जित, गेलले गरे छक्काको वर्षा

शिखर आईपीएलमा लगातार दोस्रो शतक बनाउने पहिलो क्रिकेटरसमेत बनेका छन् । त्यस्तै, श्रेयस अय्यर, ऋषभ पन्तले १४/१४, शिमरोन हेटमायरले १० रन बनाए ।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले २, जिमी नीशम, मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरविरुद्ध दिल्लीको रोमाञ्चक जित

जारी सिजनमा पञ्जाबको यो चौथो जित हो । उसले १० म्याच खेल्दा बाँकी ६ खेलमा हारको सामना गरेको छ । आजको जितसँगै पञ्जाब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

दिल्लीको यो तेस्रो हार हो । उसले १० खेलमा ७ म्याचमा जित हात पारेको छ । दिल्लीले जारी सिजनमा पञ्जाबसहित मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादसँग हार ब्यहाेरेकाे छ ।

कमेन्ट गर्नुहोस्