बालिका बलात्कारका फरार अभियुक्त १२ वर्षपछि पक्राउ

बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । कालीमाटी गाउँपालिका–२ का २९ वर्षीय नारायणप्रसाद कँडेललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनी २०६५ चैतमा ६ वर्षीया बलात्कार गरी फरार रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले बताए।

याे पनि पढ्नुस  १४ वर्षीय किशोरद्वारा हातखुट्टा बाँधेर एकैदिन ४ बालिकामाथि बलात्कार

सर्वोच्च अदालतले २०७४ चैत ६ मा कँडेललाई दुई वर्ष ६ महिना कैद फैसला गरेको थियो। दशैंमा अदालत बन्द हुँदा कानुन बमोजिम जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सूचना अधिकारी ओलीले बताए।

कमेन्ट गर्नुहोस्