विप्लव नेकपाले सार्वजनिक गर्‍यो सरकारविरुद्ध संघर्षका कार्यक्रम

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोना परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लव नेकपाले कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।

याे पनि पढ्नुस  धनुषा बमकाण्डः जनकपुरमा ‘विप्लव’ समूहका अर्का नेता समातिए

पार्टी महासचिव नेत्र विक्रम चन्द (विप्लव)द्वारा आज जारी विज्ञप्तिमा अनुसार कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने कार्यक्रम छ ।

विप्लवले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय अझै जटिल बन्दै गएको विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  विप्लव नेतृ भुजेल र नेता पौडेल फरार, तनावमा प्रहरी

उनले कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप लगाएका छन् ।

विज्ञप्ति :

कमेन्ट गर्नुहोस्