४५ वर्षको उमेरमा १६ औं बच्चा जन्माउने क्रममा महिलाको मृत्यु

मध्यप्रदेश, भारत । भारतको मध्यप्रदेशमा एकजना महिलाको मृत्युले कारुणिक चर्चा शुरु भएको छ ।

४५ वर्षीया महिलाको १६ औं पटक बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो ।

महिलाहरुलाई सन्तान उत्पादन गर्ने मेशिन जस्तो सोच्ने समाजका कारण एकजना महिलाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा चर्को आक्रोश समेत देखिएको छ ।

को हुन ती महिला ?

मध्यप्रदेशको दमोह जिल्लाको बटियागढ तहसील अन्तर्गत पधजारी गाउँ निवासी सुखरानी अहिरवारले यसअघि १५ बच्चा जन्माएकी थिइन ।

याे पनि पढ्नुस  श्वास फेर्न समस्याबाट गर्भवतीको मृत्यु

सुखरानीकी २३ वर्षी छोरी सविताका अनुसार, उनीहरु बस्ने झुप्रो भन्दा ५ किलोमिटर टाढा रहेको अस्पतालमा अत्यधिक रक्तश्राव भएर आमाको मृत्यु भएको हो ।

“मैले दुई वर्ष अघि आमालाई बन्ध्याकरण गर्नका लागि निकै कर गरे ।” सविताले भनेको उदृत गर्दै जनसत्ताले लेखेको छ, “आमा त मान्नु भएको थियो, तर बुवाले मानेनन ।” यसअघि गर्भवती हुँदा गम्भीर बिरामी रहेको बेला आमाको अप्रेसन गराएको सविताले बताइन ।

याे पनि पढ्नुस  होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु, कोरोना आशंका

सुखरानीले वर्ष १९९७ मा पहिलोपटक छोरीलाई जन्म दिएकी थिइन । त्यसपछि उनले चारजना छोरी जन्माइन । वर्ष २००५ मा भने उनले छोरालाई जन्म दिइन । त्यसपछिको उनको जुम्ल्याहा छोराछोरी भए ।

तर यति बच्चा हुँदा पनि उनको श्रीमानले भने सुरक्षित यौनसम्बन्ध राख्न मानेनन । अनि वर्ष २००९ देखि २०२० सम्म उनले पाँच जना अरु बच्चा जन्म दिइन । यो बीचमा उनका ८ जना सन्तानको मृत्यु समेत भयो ।

याे पनि पढ्नुस  सेनाको रगतले जोगियो गर्भवतीको ज्यान

एउटा मेशिन जस्तो जीन्दगी बिताएकी सुखरानीको अन्त्य पनि बच्चा जन्माउँदै नै भयो ।

परिवार नियोजनको विश्वव्यापी लक्ष्य पुरा गर्न अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको भारतमा भएको दुखदायी घटना एकल भने होइन । वर्षेनी हजारौं महिलाहरु प्रजनन स्वास्थ्यमा आफूले निर्णय गर्न नसक्दा यसरी नै मृत्युवरण गर्न पुगेका छन् ।

कमेन्ट गर्नुहोस्