गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

याे पनि पढ्नुस  बाँकेका २१ कोरोना संक्रमित पनि निको भए

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आईसीयूमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आईसीयूमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्