वसन्त चौधरीलाई कोरोना पुष्टि

काठमाडौं : व्यवसायी वसन्त चौधरीमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नर्भिक अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले आफूमा कोरोना पोजिटिभ भएको बताएका छन् ।

कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिए ।

पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन समेत उनले सुझाव दिएका छन् ।

याे पनि पढ्नुस  थप १९८० जनामा कोरोना पुष्टि, निको हुनेको संख्या २ लाख नाघ्यो

कमेन्ट गर्नुहोस्