नाइजेरियामा प्रहरीद्वारा प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली प्रहार, दर्जनौँको मृत्यु

लागोस । नाइजेरियामा प्रहरी प्रदर्शकारीमाथि अन्धाधुन्द गोली चलाउँदा दर्जनौँको मृत्यु भएको छ ।

प्रहरी ज्यादतिविरुद्ध सडकमा उत्रिएका सयौँ प्रदर्शकारीमाथि प्रहरीले गोली चलाएको हो । प्रत्यक्षदर्शीलाई उधृत बिबिसीले जनाए अनुसार सडकमा २० जना लास देखिएको र ५० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनापछि स्थानीय प्रशासनले गोलीबारीको जाँच गर्ने बताउँदै लागोसलगायतका क्षेत्रमा कर्फ्यु लगाएको छ ।

लागोसमा भएको घटनाप्रति पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले दुःख व्यक्त गर्दै राष्टङपति मुहम्मद बुहारी तथा सेनासँग युवा प्रदर्शकारीको हत्या बन्द गर्न आग्रह गरेकी छन् ।

गैरकारनुनी हिरासत, उत्पीडन र गोलीबारीको आरोप लाएको सार्स नामक सुरक्षा युनिट बन्दको माग दुई हप्ताअघि देखि प्रदर्शन सुरु भएको थियो । राष्ट्रपति बुहारीले गत अब्टुबर ११ मा उक्त युनिट भङ्ग गरेको घोषणा गरेपनि पदर्शनकारीहरुले सुरक्षा बलका परिवर्तन र देश व्यवस्थामा सुधार ल्याउन माग गर्दै पदर्शन जारी राखेका छन् ।

सोही क्रममा प्रदर्शनकारीमाथि बर्दीधारी केही व्यक्तिहरुले अन्धाधुन्द गोली चलाएका थिए । प्रदर्शनकारीहरुले भने भाडाका हत्यारा प्रयोग गरेर जनता मारेको आरोप लगाएका छन् । यसको एमनेष्टी इन्टरनेसनलले भत्सना गरेको छ ।

 

 

कमेन्ट गर्नुहोस्