राष्ट्रपति भण्डारीद्वारा कोरोना कोषमा २ महिनाकाे पारिश्रमिक जम्मा

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा चालू आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत आज जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  असल साहित्य सिर्जनामा साहित्यकारहरू क्रियाशील रहनुपर्छः राष्ट्रपति भण्डारी

कमेन्ट गर्नुहोस्