काठमाडौं उपत्यकामा उच्च संक्रमण, आजमात्रै थपिए ३१०७ जना

बु काठमाडौं उपत्यकामा संक्रमणकाे जाेखिम उच्च हुन पुगेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका काठमाडौमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

याे पनि पढ्नुस  संसारभरि कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो, ११ लाख बढीको मृत्यु

आज देशभर ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका छन् । २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ नयाँ संक्रमित थपिएका हुन् ।

योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित हुन् । 
 

याे पनि पढ्नुस  काेराेनाबाट ४ जना नर्सकाे मृत्यु, १५० संक्रमित

त्यस्तै, आज २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्