कक्षा १२ को परीक्षा मंसिर ९ बाट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । परीक्षा बोर्डले बुधबार परीक्षासम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बार्डले बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुने जनाएको छ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डले जनाएको छ । मंसिर १६ मा परीक्षा सक्ने गरी शनिबार पनि परीक्षा संचालन हुने छ ।

कमेन्ट गर्नुहोस्