त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप १ जना पक्राउ

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोहिल श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले आज झापाबाट पक्राउ गरेको हो ।

यसअघि चलाउनेमाथि कुटपिट गर्ने ३ जान पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा निरज राना मगर, रविन लामा र रूपेश साह रहेका छन् ।

याे पनि पढ्नुस  विप्लव कार्यकर्ताद्वारा नेकपाका केन्द्रीय सदस्यमाथि कुटपिट

घटनाका मुख्य अभियुक्त हरि आचार्य र योगेन्द्र रावल भने अझै फरार छन् । उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

गएको २० असोजमा त्रिवि परिसरमा उपप्राध्यापक चलाउनेमाथि रड प्रहार भएको थियो । कुटपिटबाट घाइते भएका चलाउनेको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  छात्राबासका सहयोगीको कुटपिटबाट विद्यार्थीको मृत्यु

कमेन्ट गर्नुहोस्