पत्रकार माधवकुमार रिमालको  निधन

काठमाडाैं : पुराना पत्रकार माधवकुमार रिमालको  निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा आज दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् ।

अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करिब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए ।

९६ वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव थियो । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिने छ ।

१९ जेठ विसं २०५८ मा दरबार हत्याकाण्ड भएकै दिन तत्कालीन राजा वीरेन्द्रसँग भेटघाट गर्ने उनी अन्तिम पत्रकार थिए । उनका तीन छोरा र दुई छोरी छन् ।

कमेन्ट गर्नुहोस्