धादिङमा कोरोनाबाट वकिलसहित ३ जनाको निधन

धादिङ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट दुई दिनको अवधिमा धादिङका तीन जनाको मृत्यु भएको छ ।

कोरोनाबाट नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको मृत्यु भएको छ । ४३ वर्षीय श्रेष्ठको उपचारका लागि अल्का अस्पताल लगिएकामा मृत्यु भएको धादिङ बार एशोसिएशनका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाको नयाँ रेकर्ड

दुई दिनअघि अस्पताल लगिएकामा भर्ना गर्नसमेत समस्या भएको थियो । निमोनिया र दमको समस्या भोगिरहनुभएका श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।

यसैगरी कोरोनाको संक्रमणबाट ज्वालामुखी गाउँपालिका- ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा मृत्यु भएको हो ।

याे पनि पढ्नुस  वैकल्पिक विधिबाट पढाई निरन्तरता गराउन कार्यदलको सुझाव

समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाईसीएल नेपालका केन्द्रीय सदस्यसमेत थिए । लोहनी धादिङबाट प्रतिनिधिसभामा निर्वाचित खेम लोहनीका भाइ हुन् ।

मंगलबार मृत्यु भएका बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकाललाई कोरोना पुष्टि भएको छ । मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामग्री लगाएर सद्गत गरेका छन् ।

याे पनि पढ्नुस  धादिङ सील: नाकामा सुरक्षाकर्मी परिचालन

मृत्युपछि कसैको कोरोना परीक्षण नगर्ने भनिए पनि निजी अस्पतालमा उनको कोरोना परीक्षण गराइएको थियो ।

कमेन्ट गर्नुहोस्