गुरुकुल एकेडेमीलाई तेस्रोपटक अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

कैलाली : धनगढीको उत्तरबेहेडिमा रहेको गुरुकुल एकेडेमीले तेस्रोपटक अन्तर्राष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ । बृटिस काउन्सिलद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा गुरुकुल एकेडमी धनगढीले उक्त अवार्ड प्राप्त गरेको हो ।

यसअघि गुरुकुलले यो अवर्डा २०१२ र २०१५ मा पनि पाएको थियो । गुरुकुल एकेडमीकी प्रिन्सीपल सुनीता सुरीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको मूल्यांकनको आधारमा बृटिस काउन्सिलले उक्त अवार्ड प्रदान गरेको बताइन् ।

अवार्डको लागि ५० भन्दा बढी विद्यालय प्रतिस्पर्धामा रहेकोमा गुरुकुलले तेस्रोपटक उक्त अवार्ड प्राप्त गरेको एकेडमीका प्रबन्ध निर्देशक दीपक सुरीले बताए । उनले भने, ‘अवार्डले उत्साहित बनाएको छ, आगामी दिनमा अझै राम्रो कार्यसम्पादन गर्दै अघि बढ्ने छौँ ।’

कमेन्ट गर्नुहोस्