कोरोनाबाट कांग्रेस नेता पुनको निधन

कैलाली :  नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमित संख्या ३५६ पुग्यो

केआईसिंह गाउँपालिका–४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।

पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । नेता पुन २०४६ सालभन्दा अगाडी देखि कांग्रेस राजनीतिमा सक्रिय थिए ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले फेरि बनायो नयाँ रेकर्ड

कमेन्ट गर्नुहोस्