केकेआरविरुद्ध आरसीबी ८ विकेटले विजयी, उक्लियो दोस्रो स्थानमा

कठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ८ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको ८५ रनको सामान्य लक्ष्य १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍याे । उसका लागि देवदत्त पाडिक्कले २५, आरोन फिन्चले १६, गुरर्कित सिंहले अविजित २१ र कप्तान विराट कोहलीले नटआउट १७ रन बनाए ।

याे पनि पढ्नुस  भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने

बलिङमा केकेआरका लकि फर्गुसनले एक विकेट लिए । केकेआरका बाँकी बलरले भने विकेट लिन सफल भएनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनायो ।

उसका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले १९, कूलदीप यादवले १२, टम ब्यान्टनले १० रन बनाउँदा पाँच ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य

बलिङमा आरसीबीका मोहम्मद सिराजले ३, युजवेन्द्र चहलले २, नवदीप सैनी र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए ।

जारी सिजनमा आरसीबीको यो सातौँ जित हो । आजको जितसँगै आरसीबी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दा तीन खेलमा हारको सामना गरेको छ । र, आरसीबीले १४ अंक जोडिसकेको छ ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबविरुद्ध चेन्नई १० विकेटले विजयी

केकेआरले भने १० म्याचमा पाँचमा जित र पाँच खेलमै हारको सामना गरेको छ । उसले तालिकामा १० अंक बटुलेको छ ।

कमेन्ट गर्नुहोस्