आईपीएल : हैदराबाद र राजस्थान खेल्दै, यस्तो छ सम्भावित प्लेइङ ११

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर्सं हैदराबाद खेल्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

आजको खेल दुबै टिमका लागि निकै महत्वपूर्ण छ । यति आजको खेल हारेमा ‘प्लेअफ’मा पुग्न निकै गाह्रो हुनेछ । राजस्थानले १० खेलमध्ये चारमा जित र ६ खेलमा हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  केकेआरद्वारा मुम्बईलाई १४९ रनको लक्ष्य, कमिन्सको अर्धशतक

हैदराबादले ९ खेलमा ३ म्याचमा मात्र जित हासिल गरेको छ । अंक तालिकामा राजस्थान छैठौँ (८ अंक) र हैदराबाद सातौँ (६ अंक) छ ।

हैदराबादले हालसम्म तीन पटक फाइनलमा स्थान बनाएको छ । र, एक पटक उसले उपाधि जितेको छ । राजस्थानले हालसम्म एक पटक आईपीएल ट्रफी हात पारेको छ ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीद्वारा पञ्जाबलाई १७२ रनको लक्ष्य

राजस्थानको सम्भावित प्लेइङ-११ : बेन स्टोक्स, रोबिन उथप्पा, सञ्जु सामसन, स्टिभ स्मिथ (कप्तान), जोस बटलर, राहुल तेवटिया, रियान पराग, जोफ्रा आर्चर, श्रेयस गोपाल, अंकित राजपूत/जयदेव उनादकट र कार्तिक त्यागी ।

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनि बेयरस्टो, मनिष पाण्डे, केन विलियम्सन/मोहम्मद नाबी/फाबियन आलेन/जेसन होल्डर, प्रियाम गर्ग, विजय शंकर, अब्दुल सामद, राशिद खान, सन्दीप शर्मा, बासिल थाम्पी/खलील अहमद र टी नटराजन ।

याे पनि पढ्नुस  केकेआरविरुद्ध पञ्जाबको शानदार जित, गेलले गरे छक्काको वर्षा

कमेन्ट गर्नुहोस्