मकवानपुरमा मकैको खलियामा भेटिए लाखौं नक्कली नोट

भरतपुर : मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरिएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङका अनुसार राक्सिराङ गाउँपालिका-८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको हो ।

याे पनि पढ्नुस  हेटौँडामा १ साताका लागि निषेधाज्ञा थप

राक्सिराङको हालिजे क्षेत्र गाँजा खेती धेरै हुने क्षेत्रमा पर्दछ । यहाँ केही घरमात्र भए पनि यस क्षेत्रमा ठूलो परिमाणमा गाँजाको खेती हुँदै आएको छ । प्रहरीको आशंका गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको भन्ने छ ।

कमेन्ट गर्नुहोस्