तीन मुलुकका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि बिहीबार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र सङ्घीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरेकी हुन्।

याे पनि पढ्नुस  ९ राजदूतले दिए कोरोना राहत कोषमा १ महिनाको तलब

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञति अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम आवासीय राजदूत नियुक्त गरिएको हो।

कमेन्ट गर्नुहोस्