कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न सरकारसँग सभापति देउवाकाे माग

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न सरकारसँग माग गरेका छन्।

देउवाले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निशर्त, विनाभेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका हुन्।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र परिवारको स्वास्थ्यको विषयमा चिन्तित बनेको वर्तमान अवस्थामा जनताको अभिभावकका रुपमा उभिन सरकारलाई सुझाव दिए।

याे पनि पढ्नुस  गोरखाबाट काठमाडौं पठाइएको स्वाब परीक्षण नगरी फिर्ता

देउवाले कोभिड-१९ को परीक्षण र सङ्क्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउन पनि माग गरे।

‘आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक हो’, विज्ञप्तिमा देउवाले भनेका छन, ‘सरकारले बिना शर्त यसको कार्यान्वयन गर्नुपर्छ।’

देउवाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। संक्रमित सबैको स्वास्थ्य लाभको कामनासमेत देउवाले गरेका छन्।

याे पनि पढ्नुस  देउवाले पेलेरै मनोनयन गर्न थालेपछि पौडेल समूहले बोलायो आकस्मिक भेला

कमेन्ट गर्नुहोस्