पूर्वराजा ज्ञानेन्द्रकाे दशैँ सन्देश : ‘संकटको घडीमा अभिभावकको क्षमता स्पष्ट हुन्छ, नेपाली टुहुरा बनेको पीडाबोध भयो’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने बताएका छन् ।

दशैंको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले विपत्तीसँग भिडदा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन कष्टकर भएको उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सांसदको माग

‘संकटको घडीमा अभिभावको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहिन टुहुरा बनेको पीडाबोध यतिबेला हुन्छ,’ सन्देशमा भनिएको छ ।

नेपाली मौलिकताका आधारमा शासन प्रणाली हुनुपर्नेमा समेत उनले जोड दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्