पाँच दिनका लागि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन स्थगित

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड-१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ ।

बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड-१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए ।

याे पनि पढ्नुस  कहाँ-कहाँ थपिए आज कोरोना संक्रमित? (विवरणसहित)

मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड-१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५ सय ९ संक्रमित भइसकेका छन् भने ८ सय १२ जनाको संक्रमणबाट निधन भएको छ ।

याे पनि पढ्नुस  कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

यस्तै एक लाख दुई हजार ८ सय २० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् । रा

कमेन्ट गर्नुहोस्