लोकगायक मधुराप्रसाद श्रेष्ठको निधन

तुलसीपुर : लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ ।

श्रेष्ठको घोराही उपमहानगरपालिका- १४ मिलनचोकस्थित निवासमा निधन भएको हो । श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए ।

श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार रहेका यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

२००२ सालमा प्युठानमा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।

कमेन्ट गर्नुहोस्