कोरोना खोपका लागि भारतले छुट्यायो ५२ हजार करोड, हरेक व्यक्तिलाई दुई पटक खोप दिइने

नयाँ दिल्ली : कोरोना महामारी नियन्त्रण गर्न भारतले खोपको तयारी तीब्र गरेको छ ।

हरेक नागरिकलाई खोपमा पहुँच पुर्याउन भारत सरकारले खोप किन्नका लागि ५२ हजार करोड भारतीय रुपैयाँ अर्थात् नेपाली ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार, चालु आर्थिक वर्षमा खोपका लागि बजेटको कमी नहोस् भनेर अहिलेदेखि नै तयारी शुरु गरिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशासनिक अधिकारीहरुका अनुसार, प्रत्येक व्यक्तिलाई खोप लगाउँदा करिब ५ सय देखि ६ सय अर्थात् ८सय देखि हजार नेपाली रुपैयाँ खर्च हुने छ ।

याे पनि पढ्नुस  भारत कोरोना संक्रमणको टप–२० मा, २४ घण्टामा १२ सय बढी संक्रमित

यस्तो छ तयारी

भारतका प्रत्येक नागरिकलाई दुईपटक खोप लगाइने छ । एक डोजको खर्च करिब २ डलर आउने बताइन्छ ।
एक व्यक्तिको खोप सुरक्षित राख्न र ढुवानीका लागि २ देखि ३ डलर लाग्ने अनुमान छ ।

सरकार समर्थित विशेषज्ञहरुको समूहले भारतमा संक्रमण चरम अवस्थामा रहेको र फेब्रुअरीसम्म यसको असर रहने भविष्यवाणी गरेका छन् ।

याे पनि पढ्नुस  ७१ औँ गणतन्त्र दिवस मनाउँदै आज भारत

गत मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबै नागरिकसम्म खोप पुर्याइने बताएका थिए ।

कमेन्ट गर्नुहोस्