राजस्थानद्वारा हैदराबादलाई १५५ रनको लक्ष्य, पहिलो खेलमै चम्किए होल्डर

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएका राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि सञ्जु सामसनले ३६, बेन स्टोक्सले ३०, प्रियाम गर्गले २०, रोबिन उथप्पाले १९ र जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीविरुद्ध टस जितेर ब्याटिङ गर्दै राजस्थान

बलिङमा जेसन होल्डरले राम्रो बलिङ गरे । उनले ४ ओभरमा महत्वपूर्ण ३ विकेट लिएर ३३ रन दिए । जारी सिजनमा होल्डरको यो पहिलो म्याच हो । उनले मिचेल मार्श चोटका कारण आईपीएलबाट बाहिरिएपछि हैदराबादमा मौका पाएका हुन् ।

त्यस्तै राशिद खान र विजय शंकरले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  मुम्बईले दियो राजस्थानलाई १९४ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्