खुसीको कुराः ओरल एन्टिसेप्टिक र माउथ वासले कोरोनालाई निष्क्रिय बनाउन सक्ने

कोरोना नियन्त्रणका सुरक्षा मापदण्डमा खुसी थपिएको छ । एउटा नयाँ अनुसन्धानले मुखको सफाईले भाइरस निष्क्रिय पार्न सकिने बताएको छ ।

प्रयोगशालामा भएको परीक्षणमा नाक र भित्री मुखको सफाईले कोरोनालाई न्यूट्रल गर्न सकिने खुलासा गरिएको हो ।

कसरी भयो अनुसन्धान ?

पेन्सिल्भेनिया विश्वविद्यालयका वैज्ञानिकहरुले ओरल एन्टिसेप्टिक, माउथ वाश र बेबी स्याम्पुको प्रयोग कोरोना भाइरसमाथि गरेका थिए ।

याे पनि पढ्नुस  डा. केसीद्वारा सरकारकाे उपचार खर्च अस्वीकार, व्यक्तिविशेष भन्दा विपन्न नागरिककाे उपचार निशुल्क गर्न अपील

त्यसपछि यी सबै कुराको असर भाइरसमाथि के कसरी पर्छ भनेर हेरिएको थियो । हरेक ३० सेकेण्ड, १ मिनेट र ३२ मिनेटपछि भाइरसमा त्यसको असरको जाँच गरिएको थियो । त्यसपछि कोरोना कुन सीमासम्म समाप्त भयो भनेर हेर्नका लागि त्यो मिश्रणमा मानवीय कोशिका समेत हाएिको यिो । त्यसपछि यी कोशिकाहरु कति समयसम्म बाँचे भनेर पनि जाँच गरिएको थियो ।

याे पनि पढ्नुस  धरान बिपी मेमाेरियलमा संक्रमितकाे उपचार खर्च: दैनिक १५ हजार, धराैटी ६० हजार

के आयो त परिणाम ?

जर्नल अफ मेडिकल भाइरोलोजीमा प्रकाशित अनुसन्धान अनुसार, बच्चाको स्याम्पुका १ प्रतिशत सोलुसनबाट पनि दुई मिनेटमा ९९.९ प्रतिशत कोरोनाभाइरसलाई निष्क्रिय गर्न सकिन्छ । यदि माउथ वास प्रयोग गरिएमा ३० सेकेण्डसम्म कुल्लाँँ गरेर ९९.९९ प्रतिशत भाइरसलाई न्यूट्रल गर्न सकिन्छ । कोरोना बिरामी र क्वारेन्टाइनमा रहेका मानिसका लागि माउथ वास र ओरल एन्टिसेप्टिक निकै प्रभावकारी हुन सक्ने यसले देखाएको छ ।

याे पनि पढ्नुस  प्रदेश १ मा कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारले नै बेहोर्ने

माइक्रोबायोलोजिष्ट क्रेग मेयर्सका अनुसार खोप उपलब्ध नहुँदासम्म कोरोना संक्रमण घटाउन नयाँ तरिका खोज्नु जरुरी छ । यसका लागि सहजै प्राप्त हुने एन्टिसेप्टिक र माउथ वासको प्रयोग गर्न सकिन्छ । त्यसैपनि नाक र मुख नै कोरोनाको मुख्य प्रवेशबिन्दु रहेको यसअघिका अनुसन्धानले देखाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्