आफूखुसी तार जोड्ने बेला करेन्ट लागेर सैनिक जवानको मृत्यु

तेह्रथुम : जिल्लाको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका-५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुसी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।

याे पनि पढ्नुस  आज जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुम जाँदै

गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।

कमेन्ट गर्नुहोस्