आजदेखि ५ दिन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङ नहुने

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ ।

दशैँ पर्वका कारण पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने बताए ।

याे पनि पढ्नुस  उपत्यकामा झन् भयावह बन्दै कोरोना, कहाँ कति पुगे संक्रमित ?

कोराेनाका बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट जानकारी गराइने पनि उनले बताए ।

स्वास्थ्य मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार कोराेनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना

यस्तै एक लाख दुई हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर ४४ हजार ८ सय ७७ सक्रिय सङ्क्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्