गर्भपतनसम्बन्धी नयाँ कानुनविरुद्ध पोल्याण्डमा विशाल प्रदर्शन

वार्सा, पोल्याण्ड सरकारले गर्भपतनसम्बन्धी जारी गरेको नयाँ कानुनका विरुद्धमा विशाल प्रदर्शन भएको छ ।

शुक्रबार राती हजारौं मानिसहरुले नयाँ कानुनी प्रावधानले महिलाका अधिकार कुण्ठित गर्न खोजेको भन्दै प्रदर्शन गरेका हुन ।

गर्भमा शिशुको मृत्यु भएको अवस्थामा मात्रै गर्भपतन गर्न पाइने भन्दै एउटा अदालतले अन्य सबै प्रकृतिका गर्भपातमा प्रतिबन्ध लगाएपछि आक्रोश चुलिएको हो ।

याे पनि पढ्नुस  नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

पोल्याण्डमा गर्भपतनसम्बन्धी त्यसै पनि कडा कानुन रहेको थियो । हरेक वर्ष जम्माजम्मी दुई हजार गर्भपतनका घटना हुने विविसीले जनाएको छ ।

तर वैधरुपमा गर्भपतनको अधिकार नभएपनि अवैधरुपमा भने हरेक वर्ष दुई लाख बढी महिलाहरुले असुरक्षित गर्भपतन गराउने विविसीको दावी छ ।

गर्भपतन महिलाको अधिकार भएको भन्दै राजधानी वार्सा, पोज्नान, रोक्लअ, क्राको लगायतका कैयन शहरमा विशाल प्रदशर्नन भएका हुन ।

याे पनि पढ्नुस  बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

सरकारले कोरोना भाइरस संक्रमणका कारण मुख्य शहरहरुमा १० जना भन्दा बढी जम्मा हुन नपाइने गरी निर्देशन दिएको भएपनि प्रदर्शनकारी भने हजारौंको संख्यामा जुलुसमा सहभागी भएका छन् ।

शुक्रबार बिहान वार्साका गृह राज्यमन्त्रको घरबाहिर प्रदर्शनकारी र प्रहरीबीच हिंश्रक झडप समेत भएको विविसीले जनाएको छ । तर साँझ उनीहरु फेरी मन्त्री निवासअघि जम्मा भएर प्रदर्शन गरेका थिए ।

याे पनि पढ्नुस  कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

गर्भपतनसम्बन्धी नयाँ प्रावधानलाई सरकारले गठन गरेको पोलिस संवैधानिक अदालतले जारी गरेको थियो । यो अदालतमा अधिकांश सदस्य सत्तारुढ पार्टीका सांसद छन् ।
रोमन क्याथोलिकहरुको बाहुल्यता भएको पोल्याण्डमा चर्चको राजनीतिमा प्रभावकारी भूमिका छ ।

कमेन्ट गर्नुहोस्